Saturday, November 5, 2016

कविता : पात्रहरू र पाठशाला

~सन्तोष लामिछाने~

ब्रम्हले बिछ्याएका प्रारब्धका बिस्कुनबाट
फुत्त फुत्त ब्ययूँझन्छन् पात्रहरू
अनि छरिन्छन्
संसारी पाठशालामा बहुसंख्य छात्रा छात्रहरू

बन्न बनाउन, आफू चिनाउन
तल्लीन छन् ती अस्तित्वका भोकाहरू
बेग्लोपन दर्शाउन, आफूतिर अरूको ध्यानाकर्षण गराउन
ब्यग्र छन् ती खोल्नलाई अवसरका हर ढोकाहरू
जसरी बस्तुका अनेक छन् आकार
त्यसरी नै पात्रहरूका पनि अनेक छन् प्रकार

कविता : गन्तब्यको खोजी

~सिजन पण्डित~

एउटा किनार जहां म सुस्ताउन सकुं, सन्तुष्ट हुन सकुं
आफू हास्दै दुनियालाई खुशी देख्नु सकुं ।
हो, म त्यही गन्तब्यको प्रतिक्षामा
हिड्दै थिएं, अलिकति भएपनि पाइला चाल्दै थिएं ।

बाटोका किनारहरू अनेक थरी कुनै हरीया, कुनै उजाड
कतै फोहोरको डङ्गुर त कतै सुन्दर बाग
पाउहरू गल्थे, थलिन्थे, कहिले ढल्थें पनि
तर पनि म हरियालीको अपेक्षामा तङ्ग्रीन्थे अनि
जुर्मुराएर उठ्थे उही गोरेटोमा हिड्न ।

कविता : ममता

~डा. रोशा पोखरेल~

जीवन् सरल् सुखमय पारि हँसीलो मुस्कायौ
चिहायौ मुटुको कुनाबाट जीवन् ज्योति जगायौ

आई बसि काखबिसे अंगाली मयाले
हेरी टुलुटुलु निश्चल द्वार नयनका उघारी

थामी एक अंबल अनी मुहार यो नियाली
हाँस्छे मुसुक्क किन हो कुन सोच आई

कविता : बनायौ भगवान


~विश्वजित अधिकारी~

संसार बनायौ भगवान तिमीले
धर्ती आकास बनायौ, पानी बनायौ
फुटाइ छाती अन्नको खानी बनायौ
धेरै बनायौ, छानी छानी बनायौ ।

जन्माइ नानी, फेरी जवानी बनायौ
चेतना भएको मानव जाती हामीलाई
तिमीले रुप रंग अनेक अनेक बानी बनायौ
कसैलाई ठूलो, कसैलाई सानी बनायौ ।

कविता : खोज

~अर्चना धाख्वा~

म नभए के गर्छौ तिमि
जीवन कसरी ब्यहोर्छौ  तिमि
यहि त्रासले म बाँच्न खोज्छु
बचेको सासलाई साँच्न खोज्छु । 

जीवन यात्रा तिम्रो आफ्नै हुनेछ
साहस सफलताले आकाश छुनेछ
तैपनि उमङ्ग घ्च्घच्याउन खोज्छु
मृत्युलाई जिवितै सच्याउन खोज्छु ।

कविता : मान्छेहरू


~सुष्मा श्रेष्ठ~

मान्छे जस्तै आकार आकृती भएकाहरू
चारैतिर बजारको भीड र गल्लीहरूमा देख्छु
निरिक्षण गर्छु, राम्ररी हेर्छु, मान्छे नै हो
मान्छेको जस्तै नाक, आंखा, मुख छन्
अहो तर किन भिन्न छन् ? तीनका हेराईहरू,
तर किन भिन्न छन् ? तीनका भावनाहरू,
तर किन भिन्न छन् ? तीनका बोलाईहरू,
मान्छेहरू किन आज मान्छे जस्ता छैनन् ?
किन आजका मान्छेमा मानवता हराए ?

छन्द कविता : पहिले र आजकाल

~आविष्कार भारती~

छन्द : भानुभक्तिय 

पहिले पहिले सज्थ्यो मन्दिरमा देव-मुरती आस्था बनिकन
आजकाल घरघरै भित्र सज्दछन् तिनी बस्तु ठानीकन  
पहिले पहिले जहाँ त्यहीँ पुजिन्थ्यो उनलाई ईश्वर मनिकन
आजकाल भज्दछन् आलसी घरै बसीकन  ।।

पहिले पहिले स्वच्छ घर पाइखाना बाहिर राखिकन
आजकाल कोठै सँग पुगेको छ खुट्टा लागिकन
पहिले पहिले खान्थे रे खेतमा तरकारी खेती गरिकन
आजकाल फलाउँछन रे घर त्यहीँ खान्छन भाडा लाइकन ।।

कविता : बिक्रीमा छ

~अप्सरा गिरी भारती~

आत्मा बिक्रिमा छ
ज्ञान बिक्रिमा छ
बिबेक बिक्रिमा छ
हो हजुर, यहाँ मनोरत्तीका हर साधन बिक्री हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

पिरेम बिक्रिमा छ
प्रेमी बिक्रिमा छ
माया बिक्रिमा छ
हो हजुर, यहाँ सम्बन्धको नाप तोल अनी मोल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

कविता : चोर को ? चोर

~अविमन पसछें~

पेट घटाउने उदेश्यमा
म बजार डुल्दै थिएँ
रंगिन त्यो माहौलमा
म रमाउंदै थिएँ

यात्रामा व्यवधान गर्दै
एउटा खाते बच्चाले छेक्यो
मानव उ पनि म जस्तै
तै पनि अमिल्दो भयो 

कविता : मले मलाई जान्नु छ


~गंगा मल्ल श्रेष्ठ~

दु:खको अनुभुति नभए जगतमा
सुखको के अर्थ रहने थियो र ?
परायाको कांडा नबिझे जीबनमा
आफन्तको के महत्व रहने थियो र ?

सुख सुख भनि सबै दौडिरहेछन्
तर सुख खै कसलाई मिल्यो र ?
अरूकै भरमा सुख खोज्जेहरूलाई
मृगतृष्णा के हो किन बुझ्नु पर्यो र ?

छन्द कविता : सद्भाब पैदा गरौं


~मित्र पौडेल~

छन्द :  शार्दुलबीक्रिडित

नेपाली मनको सुवास गतिलो चुस्दै छ कस्ले अहो
कस्तो दिक्क छ रोम यो अपसकुन्, मेटौं नलौ दोष यो
आस्थामा अति लिन भै मुलुकमा हामी थियौं सज्जन
कस्तो घोर बिषाग्नीको चुसचुसे सल्क्यो न त्यो दुर्जन ।

जन्मे बुद्ध भनेर वीश्वभर नै जप्छौं हामी सानले
नेपाली मनमा अशान्ति छ भने, के गर्छौं त्यो मानले
के गर्ने तव रात पर्छ दिउसै तारा उदाइन् अब
यो पर्खाइ हुनेछ ब्यर्थ कि कसो हे बुद्ध आउ अब ।

कविता : मलाई कविता फुरेन


~तिलकराम लुईटेल~

आमा मलाई कविता फुरेन
आमा तिमीलाई एकथान राजनेता जुरेन ।।

बि.पि. र म.बि.बि.लाई समकालिन जन्मा हुनु थियो भूल
उठ हे जनता भन्दै नेताहरुले फुकेक थिए बिगूल ।।

कविता : सासुको कर्तब्य

~जमुना खनाल~

हे सासु हो सुन अलिकति यज्ञ बात
कर्तब्य ख्याल नगरेर उसै नमात
भंडारमा नपस बाहिर निस्क हेर
संसारको गति बिचार बिचार फेर।

आमा र सासु तिमी नै घरकी मुहान
तिम्रै पछाडी सब छन् घरका जहान
जे काम पर्छ हँसिलो मुखले अह्राउ

कविता : साधना

~डा. रमेश खनाल~

मलाई राम्ररी थाहा छ
तिमीले छरेका अनगिन्ती मोतीहरू टिप्ने प्रयासमा
मैले थुप्रै ढुङ्गा र गिटीहरु टिपेको छु
हात भरी माटो र शिर भरी फ़ोहर बोकेको छु
तथापि त्यसलाई समेत
तिमीले दिएको उपहार सम्झेर
आभूषण झैं हर पल धारण गरिरहेछु 
तिम्रो अनन्य कृपा स्वरुप
निरन्तर ग्रहण गरिरहेछु।


असिमीत आकाशको उचाई नाप्ने दुस्साहसमा

छन्द कविता : साथी

~सोम खनाल~


छन्द : शार्दूलविक्रीडित

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन्
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन्
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन्
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् ।

साथी हुन्न कदापी दुष्ट कहिलै न दिन्छ कष्ट कतै
स्वार्थी हुन्न कदापी इष्ट कहिलै उ हुन्छ प्रष्ट सधै
साथी सुन्छ सधैं अदृष्य मनका कुरा छिपेका सबै
राखिदिन्छ तर बडो जतनले विश्वासघाती नभै ।