Saturday, October 27, 2018

कविता : जलन

~सुष्मा श्रेष्ठ~

जलनमा लाभ के छ तिमीलाई
बल्नमा छ हौ फलिफापै
फलिफाप सबै-सबैलाई
जली सकेर त

कविता : मौलिकता

~पूर्ण श्रेष्ठ~

मैले बाराफलाई सोधें
किन यती चिसो ?

बाराफले भन्यो :
मेरो बिगत

कविता : जित-हार

~पूर्ण श्रेष्ठ~

जब आफ्नैले जाई लाग्छ
आफूलाई पनि रीस उठ्छ, ज्वाला फुट्छ
दु:ख लाग्छ, डर लाग्छ
चिन्ता गरेर पो के हुन्छ र ?

कविता : भञ्ज्याङ्ग

~दिनार 'रनादी'~

साठि नाघेछ
जीवन यात्राामा हिंडेको
भञ्ज्याङ्गमा भारी बिसाएर
जिवनलाइ फर्केर हेर्दा
अर्कैको भारी पो बोकेर आएछु
जिवनको उकाली ओरालीमा
अर्कैको गीत पो गाएछु ।

जिवनको उहापोहमा

मुक्तक : मुटु कहाँ पाईन्छ र ?


~लेखनाथ काफ्ले~

हाँसी हाँसी जल्ने मुटु कहाँ पाईन्छ र ?
आफु जली बल्ने मुटु कहाँ पाईन्छ र ?
उज्यालोमा हुनेलाई

गजल : रुवा बनी खसिदिन्छौ तिमी


~लेखनाथ काफ्ले~

कती कोमल रुवा बनी खसिदिन्छौ तिमी
मनमा ढिक्का हिउँ बनी बसिदिन्छौ तिमी ।

सेतो रङ्गमा सजिएर खुशी छरीदिन्छौ
तापमा पग्ली कतै किन पसिदिन्छौ तिमी ।

कविता : आधार

~अर्चना धाख्वा~

श्रद्धामा नुहेको शीर
पीडामा हृदय स्थीर
यात्रा यसैनै हो कि,
पुग्ने मोक्ष तिर

प्रेमको अविरल बर्षात

कविता : संकल्प

~अविमन पसछें~


हल्लाले नहुनु अधिर  स्वविवेकमा गर्नु कदर
कस्को के छ र भर थाहा हुन्न अर्काको आधार

न तिरस्कारको  लिनु डर न पुरस्कार कै हनु रहर
निसन्कोच कर्म गर  परि आत्माको एक मात्र भर

Sunday, September 16, 2018

कविता : गन्तव्य

~प्रदीप केसी~

मैले अङ्क गनेको छैन,
ग्रह, नक्षत्रको राप, ताप, छल गनेको छैन
गन्ती नभएपछी, ईतिहास हुँदैन,
ईतिहास नभएपछी सम्झना हुँदैन ।

कती पुरुष छन्,
कती महिला छन्,
कती बिचका छन्,
कती ३० भन्दा मुनिका,

छोटो कविता : तिरस्कार


~मित्र पौडेल~

सौम्य प्रताडनाले क्रुद्ध परेको समय
दिनको घकघकाउँदो ज्वाला नबोली
आशिर्वादमुद्रामा हात उठाएर टाढा गयो ।

छोटो कविता : जिन्दगी


~मित्र पौडेल~

यती छोटो त थिएन
मेरो जिन्दगीको किताब
बस् तिमीले हतारमा पाना पल्टाईदियौ

मुक्तक : कर्म


~मित्र पौडेल~

न त जातको कुरा गरुँ न धर्मको कुरा गरुँ
न त गर्वको कुरा गरुँ न त शर्मको कुरा गरुँ

गजल : यात्रा तयार गर्छन्


~मित्र पौडेल~

लिएर लक्ष्य केही यात्रा तयार गर्छन्
इच्छाले नै कदम बोकी गन्तव्य पार गर्छन् ।

तिम्रो पछाडी लाग्नु मेरो भूल ठन्यौ भने
सौन्दर्यपूर्ण नजर सधैंं बिहार गर्छन् ।

व्यङ्ग्य कविता : प्रेसर


~लेखनाथ काफ्ले~

जता फर्क्यो त्यतै प्रेसर
दायाँ प्रेसर, बायाँ प्रेसर
यता प्रेसर, उता प्रेसर ।

तल टेक्यो धरातलको प्रेसर
माथिबाट गुरुत्वाकर्षण बलको प्रेसर
अनी जताततैबाट देख्दै नदेखिने 'हावा'को प्रेसर ।

यो हावाको नचाहिंदो प्रेसरले कहिलेकहीँ त

कविता : फूलहरु

~नारायणदास मल्ल~


फूलका कोमल धारहरुले काटिनु भन्दा
काँढाको च्वास्स घोचाई मन पराउँछु
त्यसैले काँढासँग होईन
फूलको सौन्दर्यसँग डराउँछु ।

कती फूल देखें मैले, कती वाघरु घुमें
कती फूलहरु सुम्सुम्याएँ, कती फूलहरु चूमें
कती फूलहरु वागमा, सार्ने प्रयास गरें
कती फूलहरु जरा गाड्न नपाउँदै मरे ।

कविता : नेपाली हौं नेपालको

~हिरण्य भोजपुरे~

नेपाली हौं नेपालको
नेपाल हाम्रो हामी सबैको
एकमा नै रूप अनेकको
अनेकमा दृश्य एकको।

उनी हाम्रा आँखा बन्दछन
हामी सुन्दर युग रच्दछौं

नेपाली प्यारोडी गीत : फेशनको आधारमा

~अविमन पसछें~


लय : मायाको आधारमा

फेशनको आधारमा लूगा नै जब लाईन्छ
लाउनु पर्ने जे छ फुकालनु पर्ने त्यहि हुन्छ
लाएको र नलाएको त्यो बराबर हुन्छ
आधुनिकता भनिन्छ ढुङ्गे युग नै फर्किन्छ
फेशनको आधारमा लूगा नै जब लाईन्छ
छोप्नु पर्ने जे छ त्यहि देखाउन खोजिन्छ
कतै टालिन्छ कतै च्यातिन्छ
वस्त्र र अङ्ग लूकामारी खेल्छन्   ।।

कविता : आज समय फेरिएछ

~अर्चना धाख्वा~

    आज समय फेरिएछ
    अन्तै रेखा केरिएछ
    अतीतका  दिन कुर्नेलाई
    निराशाले घेरिएछ ।।

    दिउँसै आकाश रात्तिएछ
    नशा बिनै मात्तिएछ

नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी

~आविष्कार भारती~

 लय : ईश्वर तैले रचेर फेरी कसरी बिगारिस

ईश्वर तैंले लगेर फेरी कसरी फर्काईस् ?
पतीको भूल छोपेको तेस्तो कसरी उघारीस् ?
ती भूल हरे देखाई उस्लाई कसरी फर्कैइस् ?

हे सासु आमा बिहेमा गर्दा निर्दोष मुहार
ति मुहार भईदेलिन यस्ती भन्ने थिए

कविता : सङ्कल्प पूराण

~दिनार 'रनादी'~
                                      
अध्याय एक

सुखशान्ति र सम्बृदिको लागि गृहलक्षमीकाे नित्य पूजा गर्ने
भनेको सकभर खुरु खुरु मान्ने
बादबिबाद सकभर गर्दे नगर्ने
सहन सक्ने जति सबै सहने
सहनै नस्क्ने भए पछि
बाथरुममा छिरेर
चीसो पानीले नुहाउदै
ठूलठूलाे श्वोरले भजन गाउने
येत्ति गर्न सकियो भने
घर गृहस्थि राम्रै चल्छ भनि
 मक्क्ख पर्ने ढुक्क हुने।