उक्त कार्यक्रममा साहित्यकार स्व. विजय मल्लकी सुपुत्रीहरू वन्दना मल्ल, सिजर्ना मल्ल र अर्चना मल्लले प्रयोजन गर्नुभएको विजय मल्ल कविता प्रतियोगिता पुरस्कार तथा समाजसेवी स्व. कृष्णदास मल्लकी सुपुत्री, धन मल्ल सुपुत्र नारायणदास मल्लले प्रयोजन गर्नुभएको नाफा बाल साहित्य पुरस्कार समेत प्रदान गरिएकाे थियो ।
कविता प्रतियोगिताका लागि निर्णायकहरूमा नेपालबाट कवि श्री विप्लव प्रतीक, कवि रामगोपाल आशुतोष, कवियित्री प्रेमीला राई तथा अमेरिकाबाट साहित्यकार श्री राजेन्द्रप्रसाद अर्याल, कवि डा. हेमन्त श्रेष्ठ र कवियित्री एवं गीतकार अर्चना धाख्वा रहनुभएकाे थियो ।
उक्त कार्यक्रममा २३ जना सहभागीमध्ये १३ जनाले प्रतियोगितामा भाग लिनेका तर्फबाट लेखनाथ काफ्ले प्रथम, पूर्ण श्रेष्ठ द्वितीय र कल्पना रिजालले तृतीय स्थान हासिल गर्नुभएको थियो । २५ जना बालबालिकाहरू समेतले सरस कविता वाचन गरेको सो कार्यक्रमको सञ्चालन मित्र पौडेल, अर्चना धाख्वा, वेलिस्मा श्रेष्ठ र अनित्याले गर्नुभएकाे थियो ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ सङ्गतीकार न्ह्यू बज्राचार्यले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । यसै अवसरमा साहित्यकार एवं गीतकार दिनार श्रेष्ठ ‘रनादि’को ‘देशका लागि’ राष्ट्रिय गीतसमेत लोकार्पण भएको थियो ।
यस साहित्य साँझका संयोजकमा मित्र पौडले र पर्वत रेग्मी सहसंयोजक रहनुभएको थियो ।
https://sahityapost.com/literature-news/129929/
No comments:
Post a Comment