~लेखनाथ काफ्ले~
कती कोमल रुवा बनी खसिदिन्छौ तिमी
मनमा ढिक्का हिउँ बनी बसिदिन्छौ तिमी ।
सेतो रङ्गमा सजिएर खुशी छरीदिन्छौ
तापमा पग्ली कतै किन पसिदिन्छौ तिमी ।
लेक लगाई मुटु मेरो छियाछिया पार्छौ
बिष मलाई पिलाएर डसिदिन्छौ तिमी ।
उन्मादमा तिम्रो रङ्ग प्यारो लाग्न थाल्छ
मलाई बन्द कोठाभित्र कसिदिन्छौ तिमी ।
(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment