~अजित घिमिरे~
त्यो ओठमा झुण्डिने, गीत झैँ भएको छु रे म
नत्र कागजमा कोरिएको, अक्षर मै सिमित हुन्थे म
अनेक किताबलाइ छोडी, त्यै किताब तिमीले छान्नु
अनेक पानाहरू पल्टाई, त्यै पाना तिमीले पढ्नु
अनि ती अक्षरहरूमा डुबी, सुरिलो लय दिनु
धन्यबाद दैब, मलाई कालजयी गीत बनायौ
अनि उनको रक्तिम अधरमा टसायौ
आनन्द आउने रैछ, तिमीले सँगीलाइ भनेको सुन्दा
तिम्रो अधरमा बसिरहने गीत, तिम्रो प्रिय भएको पाउँदा
गुनगुनाउछौरे तिमीले त्यो गीत, त्यो त्यो बेला
धड्किरहेको हुन्छ रे तिम्रो मुटु, जुन जुन बेला
धड्कोस उनको मुटु, त्यो बेला सम्म
संसारमा माया, दया, प्रेम रहे सम्म
ती आँखामा आउने, सपना झैँ भएको छुरे म आजकाल
नत्र मलाई कसले, कल्पेर निदाउदो हो र हररात
तिम्रा ती शितल नयनमा, कत्तिले डुबुल्कि मार्न खोड्नु
तर कसैलाई नडाकि मलाई नै, सपनीमा निम्तो दिनु
अनि हररात मलाई नै देख्ने आशमा, तिम्रा नयन आशक्त हुनु
धन्यबाद दैब, मलाइ मिठो सपना बनायौ
अनि उनको, गहिरो आँखामा पठायौ
संसारै जिते झैँ भाछ, तिम्रो आँखाको भाका बुझ्दा
तिम्रो सपनी रङ्गीन हुन्छ रे, मलाइ रातमा देख्दा
तिमीलाई ऐंठन हुन्छरे, मलाई यदि नदेख्दा
डुब्छौरे तिमी कल्पनिमामेरो, त्यो त्यो बेला
झिम्क्याउछौरे परेली तिमी, जुन जुन बेला
झिम-झिमाओस् उनको परेली, त्यो बेला सम्म
प्रेमका हेर्न लायक, दृश्य भए सम्म
तिम्रो लागि फूल झैँ सुभासिलो भएको छुरे म
नत्र बनमाराले खाएर, सुकेको बोट हुन्थे म
अनेक बगैचालाई लत्याई, तिमी म सामु आउनु
अनेक सुगन्धलाइ नछानी, मेरै बास्नामा लठ्ठिनु
अनि यो बोटलाइ, तिम्रो असिम प्रेमले फूलाउनु
धन्यबाद दैब, मलाइ फूलको बास्ना बनायौ
अनि उनको हर स्वासमा पुर्यायौ
भाब बिभोर होइदो रैछ, तिमीले लजाउदै भनेको सुन्दा
तिम्रो संसार उजाड हुन्छरे, त्यो फूल नसिउरिदा
सुगन्ध लिन्छौरे तिमी, जुन जुन बेला
चलोस् उनको स्वास त्यो बेला सम्म
आकाशमा जुन र तारा रहेसम्म
जुन झैँ बनि धर्तीमा, तिम्रो निम्ति नजिक आएको छुरे म
नत्र आकाश गंगामा, केवल टाढाको बिन्दु हुन्थे म
आकाशका गल्लि गल्लि खोतली, मलाई जुन झैँ नजिक लेराउनु
अनेक प्रकाशलाई छोडी, त्यै प्रकाशमा पुतली झैँ झुम्मिनु
अनि त्यै प्रकाशले, श्रीजित छाँयालाई, मायाले बाध्नु
धन्यबाद दिब, मलाई पुर्णेको जुन बनायौ
अनि उनको श्रीङ्गार-ऐनामा बसायौ
कस्तो काइदा लाग्ने रैछ, तिम्रो मनको कुरा जाँदा
तिम्रो मुहार धपक्क बल्छ रे, त्यो चंदरको उज्यालो पाउँदा
तिम्रो हर पिडा निको हुन्छरे, त्यो चन्द्रको शितलताले छुदा
हेर्छौरे ऐना, त्यो जुनको तिमी, त्यो त्यो बेला
महशुस गर्छौरे, तिम्रो छाँयामा मलाइ, जुन जुन बेला
बाँधिरहोस हाम्रो माया, त्यो बेला सम्म
छाँयाले तिम्रो साथ, नछोडे सम्म
(डिसेम्बर २, २०२३ मा आयोजित 'नाफा-साहित्य साँझ २०८०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment