Sunday, September 16, 2018

नेपाली प्यारोडी गीत : फेशनको आधारमा

~अविमन पसछें~


लय : मायाको आधारमा

फेशनको आधारमा लूगा नै जब लाईन्छ
लाउनु पर्ने जे छ फुकालनु पर्ने त्यहि हुन्छ
लाएको र नलाएको त्यो बराबर हुन्छ
आधुनिकता भनिन्छ ढुङ्गे युग नै फर्किन्छ
फेशनको आधारमा लूगा नै जब लाईन्छ
छोप्नु पर्ने जे छ त्यहि देखाउन खोजिन्छ
कतै टालिन्छ कतै च्यातिन्छ
वस्त्र र अङ्ग लूकामारी खेल्छन्   ।।

फेशनको आधारमा लूगा नै जब लाईन्छ
काट तिमी लूगाहरू नग्नता झल्किन्छ
छाँट तिमी लूगाहरू अन्तरङ्ग बाहिरिन्छ
फेशनको शूत्रहरु ऊल्टो देखिन्छ ।।

फेशनको आधारमा लूगा नै जब लाईन्छ
जति कम लाऊँछौ उति ताली बज्छ
छोटो चोली लाइन्छ झन माथी तानिन्छ
दर्शक लट्ठ  हुन्छ फीलिम हिट हुन्छ
फेशनको आधारमा तिमी लुगा लाउँछौ
आँखा लोभिन्छ सोझो मन पापी हुन्छ

तैपनि मुटू माथी ढुङ्गा राखी भन्नु पर्या छ
टाढैबाट नमस्कार नक्कली कान्छी लाई


--------------------------------------------
मूल गीत : मायाको आधारमा

मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुन्छ

बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जीत हुन्छ

भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ

शब्द, सङ्गीत : दिव्य खालिङ
स्वर : नारायण गोपाल

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment