Sunday, September 16, 2018

गजल : यात्रा तयार गर्छन्


~मित्र पौडेल~

लिएर लक्ष्य केही यात्रा तयार गर्छन्
इच्छाले नै कदम बोकी गन्तव्य पार गर्छन् ।

तिम्रो पछाडी लाग्नु मेरो भूल ठन्यौ भने
सौन्दर्यपूर्ण नजर सधैंं बिहार गर्छन् ।
सरकार शक्तिमान तर कमजोर जनता
चितुवाहरु हरिणको जहिल्यै शिकार गर्छन् ।

लामो भयो प्रतिक्षा चाँडै घुमोस् घडी
उनैलाई भेट्न मेरो तनमन हतार गर्छन् ।

लेखाईसम्म शिवट होस् सबैको
सामाजिक सञ्जालमा सबैले आदत बिचार  गर्छन् ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment