Sunday, September 16, 2018

छोटो कविता : तिरस्कार


~मित्र पौडेल~

सौम्य प्रताडनाले क्रुद्ध परेको समय
दिनको घकघकाउँदो ज्वाला नबोली
आशिर्वादमुद्रामा हात उठाएर टाढा गयो । त्यस करुण अवस्थालाई मैले मधुपर्क
अर्पित गर्न सकिन ।
प्रदिप्त नेत्रलाई सुक्ष्मजिज्ञासा थाहा नहुन सक्छ
आफ्नो अहिंसाव्रत कामनामय तिरस्कार तिमीलाई
थाहा नहुन सक्छ ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment