Sunday, September 16, 2018

कविता : नेपाली हौं नेपालको

~हिरण्य भोजपुरे~

नेपाली हौं नेपालको
नेपाल हाम्रो हामी सबैको
एकमा नै रूप अनेकको
अनेकमा दृश्य एकको।

उनी हाम्रा आँखा बन्दछन
हामी सुन्दर युग रच्दछौं
हामीलाई आँखा प्यारो छ
आँखालाई हामी राम्रा छौं।
हामी एउटै सपनाको
मुलुकको विपनाको।
एकमा नै रूप अनेकको
अनेकमा दृश्य एकको।

उन्कै माया मनभरिभरि
एउटै धरती ठाउँ थरिथरि
हामी एउटै सँस्कृतिको
प्रतिकृति प्रक्रितिको
मनलाई तिर्खा मीठो मायाको
ओत प्रिय आफ्नै  छायाँको।
एकमा नै रूप अनेकको
अनेकमा दृश्य एकको।

हिरण्य भोजपुरे
डेनवर, कोलोराडो
यूएसए।
Edited: 12 pm, September 02 2016.



(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment