Sunday, September 16, 2018

मुक्तक : कर्म


~मित्र पौडेल~

न त जातको कुरा गरुँ न धर्मको कुरा गरुँ
न त गर्वको कुरा गरुँ न त शर्मको कुरा गरुँ
मानव हुनुको महान कर्म तिमी वहन गरेर
ल्याइदेउ संसारमा यस्तो खुशी म त्यही कर्मको तारिफ गरुँ ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment