Saturday, October 27, 2018

कविता : संकल्प

~अविमन पसछें~


हल्लाले नहुनु अधिर  स्वविवेकमा गर्नु कदर
कस्को के छ र भर थाहा हुन्न अर्काको आधार

न तिरस्कारको  लिनु डर न पुरस्कार कै हनु रहर
निसन्कोच कर्म गर  परि आत्माको एक मात्र भर
के नै उपयोग हूँछ पढेर बेद गीता दोर्हयाएर
मनमयलमा अल्झेर जब आफू बन्छाै वगर

सुस्ताउँछ अंग यो शरीर छाऊँछ  जब अंधकार
सोच सींचिराख्छ उर्बर पाबंद हुन्न यसमा  रतिभर

बढ अघि  लम्केर नपर्खी कुनै सजिलो प्रहर
हुन्न मात्र चाहेर किनकी खारिंछ सून गालेर

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment