Saturday, October 27, 2018

कविता : जलन

~सुष्मा श्रेष्ठ~

जलनमा लाभ के छ तिमीलाई
बल्नमा छ हौ फलिफापै
फलिफाप सबै-सबैलाई
जली सकेर त

खरानी नै त हुनु हो
तर बलेर उज्यालो दिनु हो
चन्दन जलेर खरानी हुन्छ
मोम बलेर उज्यालो दिन्छ
अन्तर छ है साथी
जल्ने र बल्ने एउटै कृयाको
दुईटा प्रतिकृयामा ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment