Sunday, September 16, 2018

कविता : आज समय फेरिएछ

~अर्चना धाख्वा~

    आज समय फेरिएछ
    अन्तै रेखा केरिएछ
    अतीतका  दिन कुर्नेलाई
    निराशाले घेरिएछ ।।

    दिउँसै आकाश रात्तिएछ
    नशा बिनै मात्तिएछ

    अन्धकारमा रम्नेहरु
   
उज्यालोमा आत्तिएछ ।।

    सपना आँखामा टाँस्सिएछ
    भाग्यमा अरुको गाँस्सिएछ
    आशा र विश्वाशको भावहरु
    बाढिपहिरोमा भास्सिएछ ।।

    ऋतु छिट्टै बद्लिएछ
    हिमचुली पग्लिएछ
    उ त्यही, म उही
    माझको पर्खाल अग्लिएछ
    माझको पर्खाल अग्लिएछ ।।

 
 

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment