फूलका कोमल धारहरुले काटिनु भन्दा
काँढाको च्वास्स घोचाई मन पराउँछु
त्यसैले काँढासँग होईन
फूलको सौन्दर्यसँग डराउँछु ।
कती फूल देखें मैले, कती वाघरु घुमें
कती फूलहरु सुम्सुम्याएँ, कती फूलहरु चूमें
कती फूलहरु वागमा, सार्ने प्रयास गरें
कती फूलहरु जरा गाड्न नपाउँदै मरे ।
कती फूलहरु नपलाउँदै मून, पातहरु झर्दै मरे
कती फूलहरु पराया पनि अरुकै वागमा सरे
कती फूलहरु स्याहार नपाएरै मरे
कती फूलहरु हावाको झोकासँगै ढले ।
कती फूलहरु यती धारिला भैदिए
कती फूलहरु मुटु चूडाई गै गए
कती फूलहरु उन्मात छन्, रङ्गीन भै फक्रिएर
कती फूलहरु नपाएरै स्याहार बसेका छन् कक्रिएर ।
कती फूलहरु फुलेका छन् टाकुरा वन पाखामा
कती फूलहरु बसेका छन् सौन्दर्य बनी यि आँखामा
तर पनि फूलका सौन्दर्यसँग खेल्न म डराउँछु
बरु काँढाको च्वास्स घोचाई मन पराउँछु ।
(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment