Saturday, October 27, 2018

कविता : आधार

~अर्चना धाख्वा~

श्रद्धामा नुहेको शीर
पीडामा हृदय स्थीर
यात्रा यसैनै हो कि,
पुग्ने मोक्ष तिर

प्रेमको अविरल बर्षात धर्म र कर्मको सौगात
कृतज्ञ  हुने हो कि,
बिना पक्षपात

ओठमा मुस्कानको सृंगार
मनमा करुणा अपार
बाँच्ने यहि पो हो कि,
जीवनको आधार

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment