१
कुकुना भन्दा पहिले कोपिला झुलाउने, पात भन्दा पहिले फूल फुलाउने,
बिहानीदेखि साँझसम्म फूलको सुवास छर्दै, वसन्ती छटा मुस्कुराउने,
टाढा–टाढा क्षितिजसम्म उस्तै उस्तै, जत्ति हेरे पनि आँखा नअघाउने,
वल्लो डाली र पल्लो डाली, मगनमस्त भै चराहरु चिर्विराउने,
फूलै फूलको सिङ्गो संसार, यी हुन हाम्री वासन्ती म्याडिसन ।।

२
उन्मत्त हरियालीमा मदमस्त भै पवन सन–सनाउने,
चौर, बगैंचा र ताल किनारहरुमा, उन्मुक्त बैंसको बिस्कुन सुकाउने,
अलिकति शीत, अलिकति ताप, न जाडो न गर्मी
बाल बृद्ध सबै सबै घर बाहिरै रमाउने, न लामो न छोटो दिन
अन्त्यहीन हरियालीको संसार, यी हुन हाम्री गृष्मकालीन म्याडिसन ।।