चट्टानको चुचुरमा चप्पल नलगाई हिड्न खोज्ने
तर
विलाशको डस्नामा उत्सव मनाइ रमिता गर्न पुग्ने
म, म होइन रहेछु ।
आदर्शका कुरा गर्ने
तर
अभावमा आत कमाऊने
मुटुमा ताला लगाइ
नैतिकतालाइ तराजुमा जोख्ने
म, म होइन रहेछु ।
उच्च विचार बोक्ने
तर
नक्कली गाथा समेटेर
निभेको दियोको प्रतीक बन्ने
म, म होइन रहेछु ।
अटुट माया र संवेदनाका किनारमा उभिएर
सत्य र धर्मलाई चिहाइमात्र राख्ने
धुँवा र धुलोमा नुहाएर
पलायनलाई अँजुलीभरि राखेर
टाउकोमा सिउरने
अनि शब्दको साहरामा
कर्मलाई संक्षेपमा सहज बनाइदिने
म त, म होइन रहेछु ।
म त, म होइन रहेछु ।
( मे २६, २०१३ – कोठे कवि गोष्ठी – सन्तोष-बिन्दु लामिछानेको डेरामा )
No comments:
Post a Comment