बचाई राख्न, जन्मभूमीको सार्वभौमपन
बनाई राख्न, दुई मुलुकको शक्ति सन्तुलन
हाम्रा दरवारका चेलीहरुले धेरै गर्नु पर्थ्यो
युद्ध नगरेरै, लडाईं जित्नु पर्थ्यो ।।
कैलाशकुट भवनको शानको खातिर
आफ्न पिता राजा अँशु वर्माको मानको खातिर
अबोध भ्रीकुटी, श्रीमती भएर जानु पर्यो
दोस्री भएर टिकाउन नेपालको स्वाभिमान ।।
स्रङचङ्ग्यामपोसँग न मिल्थ्यो भाषा
तिब्बतीसँग न मिल्थ्यो उनको भेष
बलिदान दिनु पर्यो कठै भ्रीकुटीले
बचाउन आफ्नो प्यारो माईती देश ।।
क्रमभङ्ग कहिले भएन, विद्वताको शासन कहिल्यै रहेन
आफ्ना श्रीपेच र सत्ताको लागि
श्री ५ हरुले दिदी-बहिनीहरु सुम्पिए
श्री ३ हरुले आफ्ना छोरीहरु सुम्पिए ।।
कोही भए सिन्धुरानी, कोही भए ग्वालियरकी
कोही भए काशीनाथकी, कोही भए राजास्थानकी
हाम्रो सलाम, ती चेलीहरुलाई, आफ्ना ईच्छा सबै त्यागे
सर्वस्व सुम्पिएर, माईती देश बचाई राखे ।।
ईतिहासका धेरै पन्ना, गर्व गर्न लायक छैनन्
शासन सत्ता टिकाउन, कुनै कसर छाड्या छैनन्
जती सुन्यौं हामीहरुले, त्यति मात्रा भा'को छैन
अहिले चेली, विदेश गई, दोश्री (रानी) बन्नु पर्या छैन ।।
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)
No comments:
Post a Comment