~अविमन पसछें~
"हेर हेर दुब्लाएको" साहु चिन्तीत बोलीमा गोठ भित्र पस्यो ।
"हेर हेर दुब्लाएको" साहु चिन्तीत बोलीमा गोठ भित्र पस्यो ।
दुध दुहंदै गरेको थकित हर्के साहुको मायालु बोलि सुनेर अचम्म मानेर साहु तिर हेर्छ।
" हर्के के हो ?" साहुको जंगी आवाजले गोठै थर्किन्छ।
"हजुर मालिक" केही बिराएको स्वर बिलिन हुन्छ गोठमा।
"दशैँ नजीक
आउंदै छ बोका त झन् झन् दुब्लाउंदै छ नी" बोकालाई उचाल्दै कराउंछ साहु।
"आजकाल तिमीलाई पनि गणतन्त्र आए जस्तो छ। काम मा भन्दा अन्तै ध्यान देख्छु" थप्छ साहु।
"हैन मालिक छोरा बिरामी पर्यो अलिक
समयले भ्याएन" दुखी
स्वरमा हर्केले कुरा राख्छ।
"त्यसो भनेर हुन्छ तलब लिने बेला चाहिं पुरै लिने काम
चाहिं थाँती राख्ने" साहु झर्किन्छ।
साहुको कुरा हर्के ले काट्न
सकेन।
"झन् यसपाली
विदेशबाट छोरी ज्वाईं आउंदै छ…….। दशैंमा धेरै मासु खपत हुन्छ भनेर उहिले ल्याएको बोका हड्डी मात्र भैसक्यो। तिम्रो ताल ले त खै काम गरी खाला जस्तो छैन।" रिसाउँदै साहु
निस्कीन्छ गोठ बाट।
यसपाली दशैं मा झन् तलब अलि बढाई देओस भनी बिन्ती गर्ने
आशा तुषारापात हुने छांटकाट हर्के लाई लाग्यो।
"यो
बोका पनि छेर्छ मात्र जति
खाए पनि लाग्ने हैन" निराश हर्के साहुलाई सुनाउन नसकेको गुनासो बोका तिर हेर्दै गर्छ।
(कोठे साहित्य भेटघाट २०१२ )
No comments:
Post a Comment