Wednesday, August 15, 2012

कविता : पीर व्यथा

~पूर्ण श्रेष्ठ~

कवितामा गीत लेखें
गीत भित्र व्यथा पोखें
व्यथा भित्र कति कति
जिन्दगीको अर्थ देखें ।।


पीर व्यथा आउँछ्न् जान्छ्न्
यसरी नै जीवन चल्छ
बिधाताले लेख्या दिनमै
दु:ख सुख बनी सक्छ ।।


मृत्‍यु पछि जो अमर भए
जीवनभर ति रोईरहे
हृदयमा त्रिष्णा बोकी
भाग्यलाई खोजी रहे ।।

कविता नि गीत हुन्छ
लय मिल्दै गए पछी
पराईहरु आफ्न बन्छ्न्
पीर व्यथा बाँडे पछी ।।

हाँस्नेहरु दु:खी हुन्नन्
रुनेहरु सुखी हुन्नन्
पीर व्यथा साँट्नेहरु
कहीं कतै एक्लै हुन्नन् ।।

No comments:

Post a Comment