आकाशभन्दा अग्लो, धरतीभन्दा बिशाल
लिएर हिडें, यो आकांक्षा ।
बतासभन्दा छिटो, प्रकाशभन्दा उज्यालो
सजाउँदै हिडें यो आकांक्षा ।
सागरमा नि डुबेन, आँधीमा नि उडेन
गजधम्म गडेको यो आकांक्षा ।
वाचाहरु बाँच्दै, कसमहरु खाँदै
हुर्काउँदै गएँ यि आकांक्षा ।
न त मात्रा तोकें, न त सीमा कोरें
फैलिदै गयो यि आकांक्षा ।
यो जवान आकांक्षा तर बूद्धु तन
खोजें जहीं उपाय, पाईन कतै मिलन ।
यि घर मेरा सृष्टी हुन् , यि धन मेरा आर्जन
आकांक्षा त घटेन, घट्दै गयो जीवन ।
न हेक्का भो जीवनको आकांक्षाले घेरी रह्यो
न हेक्का भो मृत्युको पारिणाम हो आकांक्षाको ।।
(सहित्यिक भेट्घाट अगस्ट ११, २०१२)
No comments:
Post a Comment