जन्म देखी हामी सँग लिएर आउँछौं,
एउटा अद्भूत कोमल, निर्मल मुस्कान ।
जस्ले आमा बाबा, घर भरी सबैलाई पारी रहन्छ हैरान,
शायद, यही नै हो प्रेमको पहिलो परिचय र पहिचान ।।
प्रेम र मायाको सुन्दर अनुभुती,
प्रेम नै हो जीवनको अविरल ज्योति ।
यो सागरमा डुबेर कोइ फर्किए रित्तै हात,
कोइ पाए हिरा मोती ।।
प्रेम श्रद्धा हो, प्रेम भक्ति हो,
प्रेम पूजा हो, प्रेम शक्ति हो ।
कहिं प्रेम रोग हो, पागलपन हो,
मोह्-मायाको जाल ।।
प्रेमको परीभाषा धेरै छ्न,
जती जान्यो, उती चासो बढ्छ झन ।
नित्य नौलो भईरहन्छ अन्वेषण,
कहिं प्रेम संज्ञा हो, कहिं कृया-बिशेषण ।।
सबैलाई मन पर्छ प्रेमको व्यवहार,
तर सजिलै हुँदैन, चोखो माया स्विकार ।
युगौँ देखी, प्रेम र परम्परा बिच ठुलै छ् पर्खाल,
साहस, धिरज, लगन कमी भए, प्रम माथि उठछ हजारौं सवाल ।।
कहिं प्रेम जीवन संजीवनी हो, कहीं बस्तु बेकार,
कहिं प्रेम बनाउँछ जीवन मधुरो, कहिं देखाउँछ रुप बिकराल ।
चाहे गरौँ, जती नै अनादर अवहेलना व तिरस्कार
एकपटक जीवनले प्रेम सँग गराउँछ सबैको साक्षात्कार ।।
नि:सन्देह, केवल अनुशाषित प्रेमको सन्देश,
ल्याउँछ जीवनमा सुखद परिवेश ।
छ् यो गुण सबै जिवमा समान,
प्रेम प्रक्रितीको सुन्दर वरदान ।।
बाडौं प्रेमका सन्देश, फैलायो यो आमुल्य शिक्षा,
पन्छाऔं सबै निराशा, असफलता र अशिक्षा ।
मेटाउँ आफ्नो मन र देश भित्रक द्वंद्व, आशान्ती, असुरक्षा
यहि छ हामी आप्रवासीको देशलाई सुभेक्षा ।।
चलाऔं प्रेमको नौलो अभियान,
गरौं ब्यक्ती, समाज र देशको नव-निर्माण,
जोगाऔं, भाषा संस्क्रिती आफ्नो पहिचान,
बनाऔं सबल, संस्क्रित, आदर्श संबिधान,
भगवान पशुपतीनाथले गरुन
सम्पूर्ण विश्वको कल्यण ।।
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)
No comments:
Post a Comment