Saturday, November 16, 2013

कविता : प्रेम प्रक्रितीको सुन्दर वरदान

~रवी शाह~

जन्म देखी हामी सँग लिएर आउँछौं,
एउटा अद्भूत कोमल, निर्मल मुस्कान ।
जस्ले आमा बाबा, घर भरी सबैलाई पारी रहन्छ हैरान,
शायद, यही नै हो प्रेमको पहिलो परिचय र पहिचान ।।


प्रेम र मायाको सुन्दर अनुभुती,
प्रेम नै हो जीवनको अविरल ज्योति ।
यो सागरमा डुबेर कोइ फर्किए रित्तै हात,
कोइ पाए हिरा मोती ।।

कविता : आर्तनाद

~सीता अर्याल 
               
जीवनबृत्तिका लम्पसार फाँटहरुमा
एक्लो परेकी पहाडे चेली
सिन्दुर पखाल्न वाध्य बन्छे
प्रणयमिलन पश्चात पहिलो पटक
बिछोडिएका दुई प्राणी

पूनर्मिलन हुन नपाउँदै
सेता पहिरनमा लपेटिन्छे
एक बीस वसन्त पार नगर्दै
प्रलयको भुमरीमा घोक्रिन्छे
काँश झैँ फुल्न अभिसप्त छे ।

कविता : तिहार परदेशिको

~राजेन्द्रप्रसाद अर्याल~
                                                 
म परदेशिँदा
मात्र म होइन
दिदीको भाइटीका परदेशियो
बहिनीको तिहार बिदेशियो
नयनभरी मोती टल्काउँदै
दुबै भाबुक बने होलान्
मखमली, सयपत्री र गोदावरी
अनी टपरीभरी नाना परिकारहरु
मेरै प्रतिक्षामा
सबै सबै
ओइलाउन विवश होलान ।

आज मलाई

कविता : त्यो क्षण सम्झिदा

~महेन्द्र पाठक~

जब मृत्‍यु अपराजय भएर ठिङ्ग उभिन्छ
अनि तिमी भन्दैथियौ आफ्नी राम्रो ख्याल राख्नु है
जब तिमी आईसीयुको कोठरीमा तरवारले बाँधिएर
जीवनको अन्तिम पल बिताईरहेथ्यौ
अनि भन्दैथियौ
'सँधै खुशी र सुखी रहनु है'

कसरी रहुँ म खुशी, कसरी राखुँ ख्याल आफ्नो
तर तिमीले त कहिल्यै भनिनौ, तिमी भित्र कती पीडा थियो भनेर ।।

कविता : आमा

~अविमन पसछें~

अंश सुम्पी बास दिए
गर्भमा जीवनहरु
वात्सल्यतामा परिणत भए
प्रसवका पीडाहरु
बाँडे पनि भरिपूर्ण रहे
कोखमा मायाहरु
संतति मै खोज्न थाले
जीवनका अर्थहरु ।।


कोखाई कोखाई ख्वाई रहे
सहेर भोकहरु

कविता : रहरको यो अमेरिका

~सन्जना शाही~

कलिलो बुद्धीमा काँचो रहर पलाउँदा
साथी संगीको देखासिकीमा
सपना टिप्ने रहरले तथा
भविश्य निर्माण गर्ने सोंचमा
लामो यात्रामा हिंडेकी म प्रवासी
फूलैफूलको बगैंचा पुग्ने आशामा

उज्यलै उज्यालोको बाटोबाट
मखमली पाईला चाल्दै
स्वर्गकी परी जस्तै बनेर

तर  खै,

कविता : दरवारका चेलीहरुको योगदान

~पूर्ण श्रेष्ठ~

बचाई राख्न, जन्मभूमीको सार्वभौमपन
बनाई राख्न, दुई मुलुकको शक्ति सन्तुलन
हाम्रा दरवारका चेलीहरुले धेरै गर्नु पर्थ्यो
युद्ध नगरेरै, लडाईं जित्नु पर्थ्यो ।।


कैलाशकुट भवनको शानको खातिर
आफ्न पिता राजा अँशु वर्माको मानको खातिर
अबोध भ्रीकुटी, श्रीमती भएर जानु पर्‍यो

कविता : देश हराएको सूचना

~विश्वजीत अधिकारी~

सुनेको थिएँ धेरै पढेको थिएँ
मान्छे हराएको सूचना !
तर हिजो बि.बि.सी रेडियोबाट
प्रसारण हुंदै थियो
सूचना सूचना सूचना
देश हराएको सूचना ।।

कविता : खाते

~निरु ढुंगाना~

सबैले भन्छ्न् मलाई खाते - २
मेरो जीवन संगै पाएको मैले यो नाम,
गाँस बासको कुनै ठेगाना छैन मेरो
भौतारी रहन्छु गन्तब्य बिहिन भई, छैन मेरो केही काम !



दुई छाक टार्न पाइन भने
हात फैलाउँछु सडकको पेटिमा बसी,
दु:खै दु:खको समुद्रमा डुबिरहेछु म
आभाष छैन रत्तीभर, कस्तो हुन्छ खुशी !

Sunday, May 26, 2013

नेपाली साहित्य, विस्कनसिन, म्याडिसनको एउटा डेराबाट !

~सन्तोष लामिछाने~


म्याडिसनमा नेपाली साहित्यमा रुचि राख्ने दुइचार साथी मिलेर हरेक तिन तिन महिनामा  कोठे कवि गोष्ठी गर्ने प्रचलन  छ । यो प्रचलन सुरु गर्ने श्रेय आदरणीय दाजु दिनार श्रेष्ठ, जो कवि, लेखक, अनि नेपाली  साहित्यका अनुरागी  हुनुहुन्छ,  उहाँलाई जान्छ । यो गोष्ठी पालै  पालो गर्ने क्रमःमा केहि हप्ता अघि मे २६, २०१३, आइतबारको दिन मेरो डेरामा आयोजना भएको थियो ।

कविता : म, म होइन रहेछु

~सन्तोष लामिछाने~

चट्टानको चुचुरमा चप्पल नलगाई हिड्न खोज्ने
तर
विलाशको डस्नामा उत्सव मनाइ रमिता गर्न पुग्ने
म, म होइन रहेछु  ।


आदर्शका कुरा गर्ने
तर

कविता : बन्द बाकस

~आबिष्कार भारती 'आबिष'~

आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ

भन्थ्यो सारा संसारको सुख तिमीलाई दिन्छु

कविता : चटक को दर्शक म

~अविमन पसछें~

चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

भुक्तान गरिसकेको आँसुको
सट्टा केहि हाँस्न  खोज्छु


लामखुट्टेको संगीतमा लट्ठयाउँदै
झेल्ली गरि चुसिएका रगतहरु
ठगिएका पसिना बगेर
झन् भासिएका धरातलहरु

Wednesday, August 15, 2012

कविता : पीर व्यथा

~पूर्ण श्रेष्ठ~

कवितामा गीत लेखें
गीत भित्र व्यथा पोखें
व्यथा भित्र कति कति
जिन्दगीको अर्थ देखें ।।


पीर व्यथा आउँछ्न् जान्छ्न्
यसरी नै जीवन चल्छ
बिधाताले लेख्या दिनमै
दु:ख सुख बनी सक्छ ।।

Saturday, August 11, 2012

कविता : आकांक्षा

~पूर्ण श्रेष्ठ~

आकाशभन्दा अग्लो, धरतीभन्दा बिशाल
लिएर हिडें, यो आकांक्षा ।

बतासभन्दा छिटो, प्रकाशभन्दा उज्यालो
सजाउँदै हिडें यो आकांक्षा ।

Saturday, April 21, 2012

लघुकथा : गुनासो

~अविमन पसछें~

"हेर हेर   दुब्लाएको" साहु चिन्तीत बोलीमा गोठ भित्र पस्यो
दुध दुहंदै गरेको थकित हर्के साहुको मायालु बोलि सुनेर अचम्म  मानेर  साहु तिर हेर्छ



" हर्के के हो ?" साहुको जंगी आवाजले गोठै थर्किन्छ  



"हजुर मालिक"  केही   बिराएको स्वर बिलिन हुन्छ गोठमा



"दशैँ नजीक आउंदै छ बोका झन् झन् दुब्लाउंदै   नी" बोकालाई उचाल्दै  कराउंछ साहु।


 "आजकाल तिमीलाई पनि गणतन्त्र आए जस्तो छ। काम मा भन्दा अन्तै  ध्यान देख्छु" थप्छ साहु

Saturday, October 29, 2011

कविता : साक्षी

~सन्तोष लामिछाने~


भावनाको घोप्टेभीर
मनको जोगीमारामा
घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोताई सुरु हुन्छ

कविता : जीवन को यो रुप निराला

~रवी शाह~

कोहि भन्छन, जीवन योग हो .......सत्य को खोज..
कोहि भन्छन, जीवनसंघर्ष हो ...कठिन चुनौती..
कोहि भन्छन, जीवन बाचा हो, बन्धन हो, पर्खाइ हो..........आश-निराश ले भरिए को...
कोहि भन्छन, जीवन हो सुन्दर   अवसर ....बरदान ईश्वर को...
कोहि भन्छन, जीवन प्रेम हो.........मोह, माया को जाल.

जानी न जानी, म पनि येही हुल मा समाये.
आफु लाई येही भुमरी मा अल्झाए.

सुन्दर जीवन को सपना मा रमाए..
माया-पिरती को खेल मा हराए. 

Saturday, October 8, 2011

कविता : म र म

~अविमन पसछें~


म सभ्य देखिन चाहन्छु
म सभ्य बन्न चाहन्छु ।।

सभ्यता र म एउटै बाटोमा
सभ्यता र म बिपरित दिशामा ।।


ठोक्किएर लड्दा मलाई दुखेको थियो
हिर्काएर लडाउँदा मलाई खुशी भयो ।।

कविता : भोली कवि

~सुरेन्द्र प्रजापती~

भानुभक्त भए आदिकवि
मोतिराम भए युवाकवि
लक्ष्मीप्रसद भए महाकवि
कुनै बेला भन्थें हुन्छु म भोली कवि ।।

डाँफे चरीको निवन्धसँगै नेपाली पनि सिक्न थालें
नटिप्नु हेर कोपिला भन्दै कविता पनि पढ्न थालें
पद्य मात्र होइन कविता गद्य पनि हुँदो रहेछ
प्रयास गरे कविता पनि सिर्जन गर्न सकिंदो रहेछ ।।