Saturday, October 8, 2011

कविता : म र म

~अविमन पसछें~


म सभ्य देखिन चाहन्छु
म सभ्य बन्न चाहन्छु ।।

सभ्यता र म एउटै बाटोमा
सभ्यता र म बिपरित दिशामा ।।


ठोक्किएर लड्दा मलाई दुखेको थियो
हिर्काएर लडाउँदा मलाई खुशी भयो ।।


मानवता र म एउटै पाटामा
मानवता र म भिन्न परीभाषामा ।।

कोपिलाको जीवन चुँडेर चाढाउँछु 
दिर्घायू ईश्वर सँग माग्दछु ।।

म र कर्म एउटै पूजामा
म र मोक्ष उल्टो आसनमा ।।

म ईश्वर पूज्न चाहन्छु
म ईश्वर बन्न चाहन्न ।।

ढोंगी र म भिन्न रुपमा
ढोंगी र म एउटै अर्थमा ।।

म र म एउटै शरीरमा
म र म दुईटा रुपमा ।।

(नाफा-सहित्य साँझ २०६६ मा सहभागी कविता )

No comments:

Post a Comment