Saturday, October 29, 2011

कविता : जीवन को यो रुप निराला

~रवी शाह~

कोहि भन्छन, जीवन योग हो .......सत्य को खोज..
कोहि भन्छन, जीवनसंघर्ष हो ...कठिन चुनौती..
कोहि भन्छन, जीवन बाचा हो, बन्धन हो, पर्खाइ हो..........आश-निराश ले भरिए को...
कोहि भन्छन, जीवन हो सुन्दर   अवसर ....बरदान ईश्वर को...
कोहि भन्छन, जीवन प्रेम हो.........मोह, माया को जाल.

जानी न जानी, म पनि येही हुल मा समाये.
आफु लाई येही भुमरी मा अल्झाए.

सुन्दर जीवन को सपना मा रमाए..
माया-पिरती को खेल मा हराए. 
     
सुख र दुख को गीत गाये.
अन्ततः भोख, प्यास, निन्द्रा र मन को शान्ति सब थोक गुमाए.

शहर भरि का चौक, चौबाटो, स्ट्रिट, गल्लि मा
टुक्रा-टुक्रा भई छरिए का मेरा  सुन्दर सपना
उड्दै थिए आकाश को उचाई  मा, एक्काशी पर काट्यो.
छट पटआउदै झरे,......समाए पाताल को गहराई मा.
एउटा अनैठो अनुभूति पाए, आफन्त हरु को बीच मा आफुलाईअन्जान  भेट्टाए   .

अनिश्चितता ले भरिए का, भयानक, अन्धकार दुर्गम  मार्ग
सबै को मान राख्दे, आफ्नो टुटे को मन र  सफल जीवन को बोझ बोकी
अचम्भित, अपहेलित, अपमानित, तिरस्कृत, हताश, निराश, पिडित, एक्लो अनाथ हिडे.
जुन पनि दिशा मा  केवल  त्राही  त्राही,  जीवन को न  कुनै आश.
एउटा अलौकिक अनुभूति पाए,
जीवन र मृत्यु को धैरे नजिक बटा दर्शन पाए.

सजिलो छैन, छरिए का त्यो सपना सबै समेटना, तर पनि
गरि रहने छु प्रयास, जब सम्म छ यो शरीर मा सांस.
र भगवान संग   गर्दा छु एउटा बिनती,  राख्दा  छु एउटा सानो   आश,
हे ईश्वर, कसे को न छुटोस प्रेम,  न कसै लाई होस  फेरी  वनवास, न त टुटोस तिमि माथि को विश्वास 
जीवन मा न होस कोई निराश, सबै को होस्, निरन्तर बिकास

संकीर्ण अमानवीय  सोचाई, जटिल परम्परा र हठ धर्म, को होस् विनाश .
मानवीय समवेदना, मनिष लाई मनिष संग जोड्ने ज्ञान  र विवेक को होस् विकाश.
चारै तिर फैलियोस सुख र शान्ति को मिठो सुवाश.
सबै मिलि गरौ प्रयास, सबै ले पाउन सिंगो निर्मल  बिशाल आकाश.

अन्ततः गर्नु पर्छ हामी लाई  शायद येही  सत्य स्वीकार.
जीवन हो, सलल बगी रहने खोलो को धार.
हर दिन, हर पल, निरन्तर कठिन परिश्रम बटा गर्दे जानु छ  सपना साकार
बिकसित गर्दे आत्मा-बल, आतम-निर्भरता, असल गुण र ब्यबहार
पुर्खा को धितो  सम्हाली  बनाउदै जानु छ  सुन्दर संसार
समरक्षन गर्दे, मानवीय मूल्य, समवेदना,
आफ्नो कर्म   र संस्कार

(नोभेम्बर २०११मा नेबरहुड सेन्टरमा भएको नाफा-साहित्य साँझ मा सहभागी कविता)

No comments:

Post a Comment