Saturday, August 1, 2020

कविता : अलकापूरि यो म्याडिशन नगरि

 ~धन मल्ल श्रेष्ठ~

ताल तल्लैया नदिनाला छन
 फुल बगैचा हरियालि छन
 समर सिजनमा यो स्वोर्ग सरि
 तर विन्टरमा किन जाडो हुन्छ बेसरि
 छ त अन्त कतै सहर यसरि
 अलकापूरि यो मयाडिशन नगरि

 स्कुल कलेज याहा युनिभरसिटि छन


 पुस्तकालय त टोलै भरि छन
 वीकडे मा कफि पिइ पढछ्न बिध्यार्थि बेसरि
 तर वीकेन्डमा पिएर बियर सब बिर्सन्छ्न कसरि
 अलकापूरि यो म्याडिशन नगरि

 सिनेमाघर छ्न जुवा घर छन
 मदिरालय अनि डान्सबार छ्न
 स्टेट स्ट्रीट तिर भेटिन्छ्न गजडि
 दिउसै मस्त यो सहर कसरि
 छ त अन्त कतै सहर यसरि
 अलकापूरि यो म्याडिशन नगरि

 समथर जग्ग्गा चिल्ला सडक छन
 बस झन सुकिला गडगड गुडछन
 प्यासेन्जर बिनाको डाइबर एउटा
 रित्तो बस गुडछ सधै भरि
 छ त यस्तो अन्त सहर यसरि
 अलकापूरि यो म्याडिशन नगरि

 दूध दहि अनि चिजको छ खानि
 हास्ने हसाउने सबको छ बानि
 खुसिले जनता सब अलमस्त
 त्यसैले ओबिसिटिमा छ यो खुलस्त
 छ त यस्तो अन्त कतै सहर यसरि
 अलकापूरि यो म्याडिशन नगरि।

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment