Saturday, August 1, 2020

बाल कविता : रात

 ~ओपल शर्मा~

अस्ताउछ सुर्यको किरण
धर्तीमा अध्याँरो छाउँछ
पर्छ रात चकमन्न
रुखमा उल्लु उफ्रन्छ

आकाशबाट चिसो शीत उर्लन्छ
भित्र जान्छन मानिसहरु
केहिबेरमा आखाँ झिम्कन्छ
जिस्काउछन रातभरि सपनाहरु

ताराहरु अध्यारोमा रमाउदै
झर्छन टपटप आकाशमा
अदरिश्यलाई चिर्दै
आउँछ गोलाकार चन्द्रमा

अन्धकार बिस्तारै टुट्छ
बादलले छोड्छ नीलो आकाश
रात लजाउदै लुक्छ
हेर्दै सुर्यको पहिलो प्रकाश ।

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment