~आविष्कार भारती~
सबै यो कार छन् या त्यो कार छन्
खै ति कारको कती हक्दार छन्
भूँडी टन्न भरेर बचेरा सारी आँ गर्दै
फेरी खान उद्दत योजनाकार छन् ।
भूईँमा लडिरहेको भोकलाई मक्खमली तन्ना ओढाई
सूनको थालमा पायस पस्किने व्यापार छन्
सुकेको भूँडी फुकेको बोली अमिलो भोली लिई
जूलुस धाउने भेंडाहरूमा बिचारको चित्कार छन् ।
मालिकको ढोका रुँग्ने देशै बोली लगाउने
अचाररहित नेता अनी उन्का भाइभारदार छन्
खाद्यान्न लत्तकपडा औषधोउपचार पढाई
सबै तिर उनकै लूट अनी झूसिलो डकार छन् ।
भाषामा पनि राजनीति सुलसुले बनी घुसेर
ईकारलाई उकार अनी उँभोजान नमस्कार छन्
त्वम् शरणम् भनी लम्पसार्बादको भक्तीमा रमेर
भजनमा बग्न म्रिगतृष्णामा साहित्यकार छन् ।
भूईँमान्छे गानो समाई जदौ गरिरहँदा
व्यञ्जनमा नुहाँदो गद्दार चाटुकार छन्
कानूनले आँखामा पट्टी बाँधी एका पट्टी ढल्किँदा
दिनदिनै हाहाकारका चम्त्कार छन् ।
बेमौसमी फुल्न पाउँदा टुप्पोबाट पलाउँदा
फुरुङ्ग भुरुङ्ग भएर उफ्रिने कलाकार छन्
पुङ न पुच्छरको प्रश्न अनी क्यामेर तेर्साउँदै
घिनलाग्दो खकार बिर्साउने जस्ता पत्रकार छन् ।
निरिह कानो गोरुलाई औँसी न पूर्णे
बन्दी स्वत्रन्त्रता लुक्ने खुल्ला कारागार छन्
बिभिन्न प्रकार बिभिन्न आकारका मूर्तीमा
मै भगवान हुँँ भन्ने अहङ्कार छन् ।
यहाँँ बाँच्न पाउँ, देशको अस्तित्व साँच्न पाउँ भन्ने
आशा, आकाङ्क्षा, प्रार्थना अनी पुकार छन्
यहाँ मान्छे भनौंदा खुल्लम्-खुल्ला ढाँट्न पाउँ भन्ने
रीट जाहेरी गर्दै जितीसकें भन्ने व्यबिचार छन् ।
कसरी उम्किउँ यो जन्मभूमीबाट सोंच्छन् ति
स्थिती परिस्थिती र परीबन्दलाई धिक्कार छन्
यो कार त्यो कार केहीको आकार नदेखी ति
जानी जानी भासमा भासिन स्विकार छन् ।
एक हैन दुई हैन सफल हुने उपाय हजार छन्
बस् ईमान्दारिता छोड्नुहोस् सब बिक्ने बजार छन्
लौ सुन कथें मैले यो अपरम्पार 'कार'को महिमा
खुङ्खार हुंकारको असिमित कथा हो यो सहिमा ।।

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता
अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं
नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment