Saturday, August 1, 2020

कविता : हिजो आजको बिकृती

 
~गंगा मल्ल श्रेष्ठ~

हिजो आज संस्कार र संस्कृतिको बिकृती आयो
फूलहरु टिप्न फुलवारीमा होईन पसलतिर धायो
कागजको फूलहरु चढ़ाएर भगवान ख़ुशी बनायो
त्यसैले त मनुष्यहरुलाई  प्रसाद कोरोना  पठायो
आधा  वर्ष  बढी भयो  विस्व ब्रमाण्ड नै हल्लायो
हिजो आज संस्कार र संस्कृतिको विकृती आयो ।

कुनै कुनै पुरुषहरुको त विवेक पनी धेरै नै हरायो
नारीहरुलाई  शोषण र हिंशाहरुले धेरै नै दबायो
के  पुरुषहरुलाई जन्म दिने नारीहरु नै होईन र ?
हिजो आज  के  नारीहरुलाई  सम्मान हुदैन  र ?
हिजो आज संस्कार र संस्कृतिको विकृती आयो ।

तिजको गितमा नारी भन्दा पुरुषहरु नाच्न  रमायो
तिजमा गाउने वरिलैका भाखाहरु लोप भई हरायो
रातो साड़ी , चोलोहरु बिर्सिएर  अर्ध नग्न देखायो
तिजमा  खाईने दर पनी अर्कै  परिकारको  बनायो
हिजो आज संस्कार  र  संस्कृतिको बिकृती आयो ।

माली गाईगहरु  सिंगारिएर गाई  जात्राहरु  हुन्थ्यो
हिजो, आज यूट्यूबभरी फलाकेरै गाई जात्रा मान्यो
मान्यजनहरुको  मर्यादा छैन  मोवाईलमा नै  झुम्यो
मोबाईलबाटै प्रश्न र उत्तर दिंदै   मोबाईलमा नै रम्यो
हिजो आज  संस्कार र संस्कृतिको  बिकृती आयो ।

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment