Saturday, August 1, 2020

कविता : हे साथि

 ~पूर्ण श्रेष्ठ~

मेरो हालतलाइ हेर्दै
हासेर बैध्य साब बोले  

जाउ जमाउ मह्फिल  
पुराना साथिहरु माझ  

तिम्रो हर कश्टहरुको ओखति उहि हो  

साथिहरु सङ मिल  
तिम्रो लागि बैध्य उहि हो  

उसैले तिम्रो उपचार गर्छ  
उमेरको पछ्युरि फ्याकि दिन्छ  
मीठा सम्झनाले ढाकि दिन्छ
कहिलै बुढो हुन दिदैन।

छोरा छोरिले अन्श सोध्छन्
नातेदारले हैसियत खोज्छन
साथिनै त्यो मित्र हो
जसले केवल सन्चो बिसन्चो सोध्छ
कस्तो छ मित्र कस्तो छ?
 

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment