Saturday, August 1, 2020

कविता : सौन्दर्य

 ~प्रदीप केसी~

मैले उनलाई देखेपछी
गीत नगाएको भए हुन्थ्यो ,
जब उनको सौन्दर्य देखेर
गीत गाएँ, ए मिना तेरे
बिना भि क्या जीना, मेरो
गीत सुनेर, उनी मुस्कुराईन
जब मुस्काउँदा, दाँतसङ्गै
कालो गीजा देखापरे, तब
मैले गीत नगाएको भए हुन्थ्यो,
किनभने सङ्गै मिसिएको गीजाले
उनको रूपका सौन्दर्यको वर्णन भेटियो
ए मीना तेरे बिना भि क्या जिना नगाएको भए हुन्थ्यो ।
   
(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment