Saturday, August 1, 2020

कविता : रामेले बल्ड्याङ खाएछ

 ~एकबहादुर क्षत्री~

रामेले जागिर खोज्दै जाँदा 
बिजुली अड्डामा जागिर पाएछ ।। 
बिजुलीको काम गर्न जाँदा 
बेल्ट र हेल्मेट लाउने आदेश पाएछ ।।

काम सिक्दै र गर्दै जाँदा 
आफ्नो बीस वर्ष बिताएछ ।। 


अरूले नीति नियम मिच्दा
रामे देख्दै, सिक्दै गएछ ।। 

यसो नीति नियम मिच्दा 
हाकिम पनि चुपचाप बसेछ ।। 
खम्बा चढी काम गर्दा 
नाङो तार छुन पुगेछ ।। 
करेन्टको झट्का लाग्न पुग्दा

रामेले सडकमा बल्ड्याङ्ग खाएछ ।।

(पूर्व प्रकाशन : विद्युत्तर -४ पत्रिका  )

 (अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment