~दिनार 'रनादी'~
तिम्रो फूलबारी को झार हुं म
लौ मलाइ उखलेर फाल
बिद्रोहको स्वर हुं म
लौ सछौ भनें मेरो मुख थुनेरमार
फुडकार्डमा पैसा सकियो आज भोकै छु म
सक्छौ भने चोरिको परिबन्दमा पार
भाग्न नसकेर सडकमा ढलें म
सक्छौ भने घाटि थिचेर मलाई मार
दलित भएर के भो, हो म प्रेममा पागल छु
सक्छौ भने मेरो बाटो छेकेर मार
यो जातिय बिभेद कति दिन चल्ला र अब
सम्झ बुझ प्रेमको बलिदान जादैन खेर्।
घुस नदिइ सरकारी काम बन्दैन
तर घुसदिनेको लाइनमा मलाई नराख
घुस खाएको मुद्दामा घुसै दिएर छुटने
साछी किनारामा मलाइ नराख
चुनाबको नमस्कार खांदाखांदा म अघाएं
अब भो पुग्यो , मलाई नमस्कार नगर
तिमि ठूलो छौ महान छौ तर बिन्ति छ
निमुखाको तिरस्कार नगर
चुनाबि तिम्रो भाषणले घाइतेछु म
अब मलाइ धेरै अधकल्चो नपार
कोरोनाले थकित गलित छु
अब मलाइ आर्यघाट सार
थप:
रहरले म परदेशीएको होइन
तिम्रो मनमुटुबाट मलाइ नझार
जन्मदाको म नेपालि मर्दाकोपनि नेपालि
अब मलाइ दोहोरो नागरिकता मा पार ।
(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता
अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं
नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment