Saturday, August 1, 2020

कविता : कविको पीडा

~अमर कार्की~


 लेख्यो च्यात्यो लेख्यो च्यात्यो कती कती
अब्बल हुदै हुन्नन भन्या सबै फुर्या जती
बिहान उम्रेका कबीता बेलुकी मरी सक्छन  
आफ्नै सृजनाका मलामी जाउ म कती
कबीता लेख्यो पाठक पाउन गार्हो  


गीत लेख्यो तर श्रोता पाउनै गार्हो
तर कसैले पढे नि न पढे नि
यो फेसबुकले चाही अती सैलो पार्यो
मलाइ लाग्थ्यो गीत गाउन सैलो
तर आफुले त जुन गीत गाए नि
हे औशि बारो गाइ तिहारो भैलो
खोला खालि गाइ बाख्रा सबले सुन्थे गाउमा
बिहे भयो मख्ख परे बढ्यो श्रोता घरमा
सुरु सुरुमा आहा कति राम्रो भनी मख्ख पार्थीन
पछी पछी भरे सुनौला है भनेर टार्थीन
आजकल त के लेख्या यो पाङ न पुच्छरको
भनेर सातो पो झार्छीन  

अमर कार्की
वेस्टपाम बिच, फ्लोरिडा

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment