Saturday, August 1, 2020

कविता : आप्रबासी

 ~डा. बेङ्कटेश दास शर्मा~

सम्बन्ध र चिनजानको शुरुवातमै मापदण्डको प्रहार  
    कतै बच्चा, कहिँ उमेर, कहिले पृष्टभूमि वा घरपरिवार 
घनिष्टता र स्थिरता सधैँ शिशु के दिनेहो आहारा
    बिवादास्पत  बिषयबाट टाढाबस्न मौनब्रतकै सहारा

बौद्धिक स्वतंत्रता भन्दा उच्च साम्प्रदायिक्ता हाम्रो
    तर पनि किनकिन औपनिवेशिकको रीतिस्थिति नै राम्रो
आफ्नो आलोचनामा देख्छ  जतिबाद्को नाभिक  दोष
    व्यक्ति त राम्रै हो हुर्केको परिबेशमा पाउछ  खोट

पौरख त पहिलेनै थियो, सामाजिक कल्याणलाई दिनेहो भोट
    पुन्जिबादी मुलुकलाई आप्रबासीको समाजबादी चोट
कम गर्व हो कि, के हो;  बहसमा भन्दा ‘हस’ लाईमान्छ तोप
    हाँसको हिडाई सिक्दा उड्न बिर्षे को कागझैँ, आफ्नोपनको लोप

डा. बेङ्कटेश दास शर्मा 
२०७७-०४-१८

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment