Saturday, December 2, 2023

कविता : तिम्रो कसम हाम्रो भरोसा

~भीम पुडासैनी~

समृद्ध नेपाल बनाउन्छु भन्दै
बाँचा कसम खाएका थियौ ।

सुन्दर नेपाल बनाउन्छु भन्दै
भरोसा दिलाएको थियौं ।

लाखौको आशा बोकी
छातीमा हात राखी,
हजारौको भीडमा
महाकसंम भन्य्यौ ॥

सत्यनिरुपण आयोगकता हरायो?
बलत्कारी कहाँ गयो?
भष्ट्रचारी छुट्दैछन रे
ज्यान मुद्दाधारीलाई
आममाफी भयो रे ॥

बाँचा कंसम कता हराए,
शहितका सपना कता विलाए ॥

अझ पनि तिम्रो कसम
भन्न छोड्दैनौ ॥

भष्ट्रचार गर्न छोड्दैनौ
बेथिती र महंगी
रोक्न सक्दैन ॥

यो देशको माया गर्ने
हामी नै भन्छौ ॥

सभा सम्मेलनमा
सत्तो सराप गर्छौं ॥

इतिहासलाई फर्केर हेर
वीर शहिदलाई सम्झेर हेर ॥

यूवा विदेशिएको हेर
कहिले इराक त,
कहिले इजरायलमा
विलाएको हेर ॥
यस्तो किन हुन गयो
नेता ज्यू!
दिल टुट्यो
आशा गुम्यो
भरोसा फुट्यो
गाउँ रित्यो
संस्कृति सक्यो ।

चाँड पर्व आयो
खल्लो भयो
भाईचारामा
माया टुट्यो ।

अब नेपालमा
तिमी र
तिम्रा झुट्टा आशा
अनि भरोसा
मात्र रहने भयो,
नेता ज्यू !

कतै एकदिन
नेपाल नै रहदैन कि,
नेता ज्यू !

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता) 

No comments:

Post a Comment