Saturday, December 2, 2023

कविता : म पुतली

~निकिता मिश्र पाण्डेय~

चंगा भै म माथि उडिरहे
आफुलाई एकछिन उछ ठाने
हावाको तालमा चारको साथमा
पुतली सरह मा नाची रहे

दुखः सबै तल बिसाए
बन्धनबाट म मुक्त भएँ
बादलको शितलतामा, आकाशको मन्चमा
पुतली सरह म नाची रहे
निस्फिक्री मा उड्दै थिए
बर्तमानमै म मस्त थिए
अशिमित उचाइमा, आफ्नै रोजाईमा
पुतली सरहम नाची रहे

एक्कासी मा कसिए, तिब्रगतिमा तलै झरे
मेरो आजादी छ्यानिक रहेछ
लट्टाई र घागो आर्कै संग रहेछ,
कठपुतली झै नचाइरहेछ

पिंजडामा म फेरी थुनिए,
मेरो मन्च सिमित भए
तर आकाश उडेको त्यो पल उडेन
एक पलको त्यो सम्झना गर्दै

कठपुतली हैन, पुतली सरह मैले नाचन छोडिन  ।।

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment