Saturday, December 2, 2023

कविता : चुरोटको धुँवा

~शम्भु कँडेल~


मेरो मुखबाट निस्केको
एक सर्को
मडारिदै आकाशिएको थियो
त्यो बाक्लो थियो, तर दुब्लिदै दुब्लिदै
अझै गोरो बन्दै

नियालेर हेरें
हुने खानेहरू
नाम र मानको भोकमा
मृगमरीचिकाको बाटो गरेर
इमान र प्रतिष्ठाको लिलाम गर्दैथिय


मृगमरीचिकाको त्यो मार्ग चिन्ता, डिप्रेसन हुदै
धेरै पर चित्तामा पुगेर जलिरहेको थियो
मुक्ति नै अन्तिम सत्य रहेछ भन्ने अनुभव
अन्तिम सासमै भयको थियो
उस्तै रहेछ उता मशानको धुवा यता चुरोटको धुवा

अझै नियालेर हेरे
हुँदा खानेहरू
भुइँमान्छेहरूको अर्को बथान
रगत र पसिना बेचेर सास किनिरहेका थिय
बिरामी हुदा दबाइको मूल्य रगत र पसिनाले कैल्यै पुगेन
न नामको लोभ न मानको भोक
कहिल्यै बनेनन् हुदा खानेहरू, हुनेखानेहरू

सास र लासको बीचको जीवननै
हात र मुखको संघर्ष थियो
अन्तिम सास पश्चात घाटको खाटमा बनिरहेको धुवा
उस्तै रहेछ यता चुरोटको धुवा

धुवाँ सायद क्षितिज पारि पुगेको थियो
जब चर्मचक्षु धुमिल हुन थाले
अन्तर्मनमा छटपती बढ्न थाल्यो
रुस र युक्रेन, इजरैल र हमास
जहा, आमाहरूको सबैभन्दा ठूलो गल्ति,
आमा बन्नुमै छ
एक बित्ताको फरकमा आमा र छोरा पल्टेका छन्
एक मुठी सास, एक मिनेट टिकाउन, एक मुठी पानी
न आमाले छोरालाई खुवाउन सक्छिन
न छोराले आमालाई
असैय पीडाको मुक्तिका लागि
आमाले छोराको अन्तिम सासका लागि पुकार गरिरहेकी छन्
अनि छोराले आमाको
एक सास पनि एक जुग बराबरको पीडा
जुनै पल जो पनि सकिन सक्छ बनेर धुवा
उस्तै रहेछ यता चुरोटको धुवा

अन्तरमनले हेरिरहे
काला जीवनहरू
शान्तिका नाममा, सत्यका नाममा, पहिचानका नाममा
तमाम नामहरू मेटिएका छन्

मूल फुटेकै थियो, हतियार जुटेकै थियो
कति नारा पर्चा शिया शान्तिको पक्षमा
सायद यहि थियो, शान्ति सत्य
समता, दब्ने दबाउने
सायद येस्तै थियो नागाशाकी र हिरोसिमाको कथा
हिटलर र यहुदीको गाथा
धर्म, राजनीति, वातावरण, साहित्य
सबै अटेको यो हानियको थियो
बेटोडले, उही चुरोटको धुवा

देखे संसार, जीव, अजीब
येहीहो जीवनको तमाशा
जीवनबाट टाढिदै, अर्को जीवनको लागि
मुस्कान कतै अश्रुधारा
भाषणको प्रवाह
मात्र मानवता, जीवनको तमाशा
उही उडिरहेको चुरोटको धुवाँ

थपें एक खिल्ली,
उही चक्र, उही दृश्य, श्रब्य
काला, गोरा, बम र कलमको कथा

निचोड निकाले
यहि हो जीवनको सार
तमाशै तमाशा
बुङ्ग उडिरहेको चुरोटको धुवाँ

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

 

No comments:

Post a Comment