Saturday, December 2, 2023

कविता : नयाँ बर्ष

~गणेश श्रेष्ठ~

कलिला मुना र नया नया पालुवा
सिर सिर हावा गर्मि र बालुवा
कोइलि को कुहु कुहु मनै आनन्द बनाउने
जताततै हरियालि प्रकृति नै रमाउने !

बोट बिरुवाले नि आफ्नो काचुलि फेर्ने
कोपिला लागि फुलले पनि बाहिर हेर्ने
सुगन्धित खुस्बु चारैतिर बास्ना छाउने
बसन्त ऋतुमा हाम्रो नया बर्ष आउने !!


साथि भाइ भेला भै बनभोज खान जाने
गाउने  नाच्ने रमाएर मिठो मिठो खाने
नेपालीको नयाँ बर्षको हो यो पहिलो दिन
हासो खेल्यो रमाउदैमा जान्छ एकै छिन !!!

सन्सारमा हाम्रो मात्रै नया बर्ष बैषाखमा आउने
नयाँ मौसम नया सोच नया बर्षमा नै ल्याउने
नया बर्ष नया सोच नया बर्षमा नै आउने
मनमा  उमङ्ग तनमा फुरुङ्ग एहि बेला छाउने !!!!
 

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता) 

No comments:

Post a Comment