Saturday, December 2, 2023

कविता : परिचय

 ~प्रदीप केसी~

मैले परिचय नाम, ऐस, पद, पदक, आदा, अनादर, किर्ती
खोजेको होइन ।
मलाई त्यसले केही असर गर्दैन, तर समाजमा
फरक पर्छ ।
समाज भनेको लेनदेन पनि हो ।
समाजमा दक्षप्रजापति जस्तो सम्मान खोज्ने र शिवजीको
जस्तो परिस्थिति खोजेको पनि होईन ।
मैले मुक्ति, भक्ति, सदाचार, ध्यान, प्रणायाम
खोजेको ।
यस अभ्यासले काम, क्रोध, लोभ, मोहमापेरको मानब, मोक्षको यात्रामा सरल सरस पैदा
गर्छ ।
मानिसमा करूणा, दया, प्रेम, सदभाब पैदा गर्छ,
अहिंसा, सत्य, निष्ठाको यात्रा प्रारम्भ हुन्छ,
शिब शक्तिमा जीव लीन हुन मदत गर्छ ।
करिब ८४ लाख जुनीमा घुमिरहेको चेतना
भगवानसँग अन्तर सम्बन्ध हुन मदत गर्छ ।

भगवानको चरण आत्मारुपी शरीर, मोक्ष
तिर झकझकाइ रहन्छ
भगवान प्राप्त गर्न लडखडाउदै, दैनिकी जीबन बिताउदा
छिमेकीले Negative (नकारात्मक) दृष्टिकोणबाट
हेर्न जरूरी छैन ।
एक बालक खुट्टा नउभिदा सम्म परिबार वा
माता सँगै हुन्छ ।
त्यस्तै म पनि नहिँड्दा सम्म एक समाजको पात्र
परिबारसँगै हुन्छु ।
यसमा कसैले अन्यथा लीए जरूरी छैन ।
तिमीपनि, यस समाजको एक लिप्त हिस्सा हो
तिमीले अरूलाई एक औंला देखाउँदा, तिमीलाई
चार औंलाले हेर्छ ।
तिमी रण, द्वेस, हिँसा, घृणा, प्रेम, नफरतको
यात्रामा छौ ।
म केही भए पनि, त्याग, तपस्या, करूणा, धर्म,
बिबेक, दया, अहिंसाको यात्रामा छु ।
भगवानको अंश आत्मा, परमात्मासँग मिल्ने
प्रयास गर्ने एक शरीर छु ।
फरक यही छ कि हामी दुवै समाजका अंश हौँ
दृष्टिकोण, नियत फरक छ ।
जीत त्यसको देखिन्छ जसको सोच शक्ति छ
अर्को पक्ष घृणित, निरही देखिन्छ
सामान्य मानबले मुक्ति भक्ति पहिलाउन सकिन्छ
धेरै ऋषि, सन्त, महात्मा मुक्ति खोज्दा मोक्ष,
माया, जालमा परेका छन् ।
ऋषि विश्वामित्र, जीशस क्राइस्ट, अन्य मानब, समय, कालसँगै,
जेल, नेल, मृत्यु, हड्डर खाएका छन् ।
वा मुक्ति भक्तिको बाटो बन्द छैन,
भोलि पनि सूर्य उदाउँदछ, ब्रम्ह पूर्ण छ, हामी
अपूर्ण छौं ।
म पूर्णता तीर लम्किरहेको यात्रु हुँ, आधी,
हुरी, बतास, कति खप्न सक्छु, यात्रा जारी छ ।
मैले परिचय, नाम ऐस, पदक किर्ती,
खोजेको होइन, मुक्ति, त्याग, भक्तिको यात्रा
शुरू गर्न खोजेको ।
यसमा मेरो बुद्धको दोष,
आत्मा, प्रकास, चेतनाको रुप हो
चेतना भगबानको अंश हो ।

यस शरीर, राग, द्वेस, काम, क्रोध, लोभ, मोह
द्वारा, लिप्त प्रकृतिको रुप हो ।
यस शरीरलाई सतसङ्गत, भक्ति, ध्यान,
प्रणायाम, दान, त्याग, तपस्या, आशिर्बाद,
प्रेरणाद्वारा आत्मा, परमात्मामा नजीक पुर्‍याउन
यस जुनीमा प्रयाशरत छु ।।
मैले परिचय, नाम, ऐस, पद, पदक, किर्ती खोजेको
होइन ।
   
(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment