Sunday, June 23, 2019

सीता अर्यालका आठ हाईकु

~सीता अर्याल~

आकाशभरी
चम्केका ताराहरू
गन्नै सकिन।
*
पर्खाईमा छु
पारी त्यो भन्ज्याङमा
धैर्य लिएर।
*
उखु जपेर
जिब्रोमा मीठो स्वाद
किन आउँथ्यो ?

*
दाजुको धर्ती
खटन भाउजुको
नमीठो लाग्यो।
*
मायाँको सामु
रगत्कै रंग पनि
फिका फिका छ।
*
परिबर्तन
जीवन र जगत्को
शाश्वत सत्य।
*
आमाको हात
शिरमा आशीर्बाद
शान्तिको आभास्।
*
जन्म र मृत्यु
प्रकृतीको नियम
टार्नै सकिन्न।
*

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment