Sunday, June 23, 2019

कविता : अन्तर्मन

~अर्चना धाख्वा~

उषाको किरण
नव जागरण
बिहानी बिशेष
मेरो रात अझै शेष ।

यौवन जीवन
नशाको कम्पन
अरुको बहार
मेरो मुटुमा प्रहार ।

समला संगीत
अधरमा गीत
रातको रमझम
सुस्त मेरो मन ।

पर्दै दाहिने
भन्दै सङ्गिनी
तिमी कस्ती उज्याली
उफ् … मलाई कहिले बुझौली !!! 
  

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)    

No comments:

Post a Comment