Sunday, June 23, 2019

अप्सरा गिरीका तीन मुक्तकहरु

~अप्सरा गिरी भारती~

मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।

मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा

कठोर आमा भएकीछु रे समाजको भाषामा
शरीरबाट आत्मा अलग गरिए झै छ मलाई अचेल
दाउ मेरै लाग्नेछ यो जिन्दगीको पासामा ।

मुक्तक : प्रयास
पोखीउँ भन्छु कहिले थुन्नीसकेछु थाहै भएन
फुलुँ भन्छु कहिले टिपीईसकेछु थाहै भएन
फुटाउने प्रयास गरें कती फुल्ने जमर्को पनि
मुस्काउँ भन्छु कहिले च्यातीईसकेछु थाहै भएन ।

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment