Sunday, June 23, 2019

कविता : टाढिएको गन्तव्य

~अविमन पसछें~


अटुट नाता गाँसेर 
न मानियो न मनाइयो
सम्बन्ध अन्जान भएर
शत्रु भन्दा पर भइयो

लहड सँगै बहकिएर
कर्तव्यलाई लतारियो
रहर अब कोचिएर
बगरमा बदलियो

न जल न मल दिएर
फलको आशा गरियो
श्रमबिहिन  मुरी  खोजेर  
माना पनि गुमाइयो

आफ्नै तयारी सस्तिएर
लक्ष्यलाई महङ्गाईयो
यात्राको अन्ततिर
गन्तव्य झन् टाढियो ।

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)  

No comments:

Post a Comment