Sunday, June 23, 2019

दिनार 'रनादी'का सात हाइकु

~दिनार 'रनादी'~

स्रोताको मन 
आसमा डुबेकोछ
साहित्य भेला ।  
*********
आजको दिन
पानी परेर बित्यो
भोलि के होला ?
************
फोन आएन
समय खेर गयो
प्रतिक्षा लामाे ।
*************

कता जाने हो
थाहा भएन केहि
उज्यालो होला ।
*************
प्रेममा हुन्छ
सबै पबित्र हुन्छ  
जे पनि हुन्छ । 
***********
बेकन फ्राइ
गिलास भरी भोड्का
जीबन गीत ।
**********
कता जाने हो  
थाहा भएन केहि
सबै निन्द्रामा ।।

हाइकु जस्तै केही संरचनाहरु :

अर्चना व्याप्त
शुक्रवार आयो त
के होला भोलि?
***********
आइतबार
साहित्य समारोह 
भेट्घाट हुनेभो ।
***********
शुक्रवार भो
हाइकु भन्नु छ नि
आईतबार ।
***********


(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)  

No comments:

Post a Comment