Sunday, June 23, 2019

कविता : खुशी

~पूर्ण श्रेष्ठ~

प्रकोप र पीडामा परेकालाई
एक थोपा स्नेह दिएर हेरें ।
पाउनेको उज्यालो मुहार हेरें,
अनुभूति भयो मलाई यस्तो
खुशी त यो पो हो भनेर ।।

त्यो खुशीको क्षितिज
यती लामो थियो कि....
त्यो खुशीको उचाई
यती अग्लो थियो कि...
वर्णन गर्ने शब्द नै कहाँ भेटियो र ?

मैले भित्र भित्र सबथोक खोजें
मित्र भित्र नाता खोजें
नाता भित्र अपनत्व खोजें
अपनत्व भित्र संसारै खोजें
यि सबैभित्र आफ्नै खुशी खोजें ।

तर म भित्र नि अरुले त्यही खोजें
मित्रता भित्र सत्यता खोजें
अपनत्व भित्र समर्पण खोजें
समर्पण भित्र बराबरी खोजें
जसले जोसँग पाएँ, उसैलाई रोजें ।।

पूर्ण श्रेष्ठ
जुन २३, २०१९


(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment