Sunday, June 23, 2019

बाल कविता : ऋतुहरु

~आन्या पाण्डेय~

शिशिर ऋतुमा हुन्छ जाडो
राती हुन्छ धेरै चाँडो
हिउँ पनि धेरै पर्छ
केटाकेटी हिउँमा खेल्छ ।

शिशिर पछी बसन्त आउँछ
रुखमा हरियाली छाउँछ
फूलहरु फुल्न थाल्छ
अनी धेरै पानी पर्छ ।


अब आउँछ ग्रीष्म ऋतु
सबै भन्दा लाग्छ राम्रो
गर्मी पनि धेरै हुन्छ
स्कुल छुट्टी हुन्छ हाम्रो ।

अब आउँछ शरद ऋतु
पातहरु रातो पहेंलो हुन्छ
अनी रुखबाट झर्छ
पातसँग खेल्न रमाइलो हुन्छ ।  

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment