Sunday, June 23, 2019

कविता : देउरालीको चौतारीमा


~गंगा मल्ल श्रेष्ठ~

देउरालीको चौतारीमा कती बसुँ पर्खि
गोधूली यो समयमा गाई बच्छा छेकी ।।

तिमीलाई दिन भनी ल्याको फूल टिपी
मुटु बिछ राखीराछु दिउँला भनी भोली
मिलनको पर्खाईमा घामा सबै डुब्यो
अँधेरिले पछ्याएर घुम्टो हाली सक्यो ।।

कती बसुँ चौतारीमा सुस्केरा यो हाली
नयन हेर्छ तिम्रै बाटो लुकामारी खेली
लजाएर हाँस्ने तिम्रो मुहार त्यो देखाई
जाउँ कि बसौं भन्देउ मलाईइ छिट्टै तिमी आई ।।

देउरालीको चौतारीमा कती बसुँ पर्खि
गोधूली यो समयमा गाई बच्छा छेकी ।।

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment