Sunday, June 23, 2019

कविता : मेरो देश

~शर्मिला पोखरेल~

मेरो देश मलाई अझै प्यारो छ ।
परदेशमा छु तर मन उतै रमाउँछ ।।

अग्ला भवन देख्दा पहाड याद आउँछ
हिमाल नदेख्दा आँखा त्यसै रसाउँछ ।।

मेरो देश मलाई अझै प्यारो छ ।
परदेशमा छु तर मन उतै रमाउँछ ।।

पेन्ट र सर्ट लगाउँदा मनमा पर्छ ठेस
झलझली याद आउँछ मलाई मेरो देशको भेष ।।
परदेशमा छु तर मन उतै रमाउँछ ।।

माईत छोडेको हुँँ घर बसाउन
नचाहँदा नचाहँदै बा-आमालाई रुवाउन
म बाँचे पो बाँच्छ मेरो देश
बाँचुञ्जेल म नेपाली, नेपाल मेरो देश
मेरो देश मलाई अझै प्यारो छ ।
परदेशमा छु तर मन उतै रमाउँछ ।।


(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment