Sunday, June 23, 2019

कविता : उपहार

~निकिता मिश्र पाण्डेय~

उपहार के दिउँ तिमीलाई प्रिय
तिमी नै छौ मेरो उपहार
प्रेमाको किरण आस्थाको दियो
उज्यालो मेरो जीवनको तिमी आधार ।

बेघर हुँदा तिमीलाई ओछ्याउन दिन सकूँ
कम्पन हुँदा तिम्रा हात थाम्न म सकूँ
अन्धकारमा पुरिँदा दियो म दिन सकूँ
गुथ्थी पर्दा जीवनमा सुल्झाउन म सकूँ ।


तिमीलाई जीवनमा कुनै दु:ख नहोस्
कुनैपनी आशा मनमै नमरोस्
ज्ञानको ज्योतिले तिम्रो मार्ग उज्यालियोस्
उपहार तिमीलाई मेरो यही नै बनोस् ।

वाचा गर्दिन तिम्रो दु:ख मेटाउँछु
सधैं तिम्रो जीवनमा खुशी लेराउँछु
यदी तिमीलाई केही परे अप्ठ्यारो
वाचा गर्छु एक्लै भोग्नु पर्दैन प्यारो ।।


(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment